राष्ट्रिय परिचयपत्र (NID) तथा नयाँ TMS, DEMAT खाता र KYC अद्यावधिक सम्बन्धी महत्त्वपूर्ण सूचना !!
- Yugesh Arun Securities Pvt. Ltd.
- 12 hours ago
- 1 min read
सूचना !!!
नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (NEPSE) को प्रचलित निर्देशन बमोजिम अरुण सेक्युरिटिज प्रा. लि. मार्फत डिम्याट (DP) खाता खोल्ने तथा KYC अद्यावधिक गर्ने सम्पूर्ण नेपाली नागरिकका लागि राष्ट्रिय परिचयपत्र (NID) वा राष्ट्रिय परिचय नम्बर (NIN) अनिवार्य गरिएको व्यहोरा सम्बन्धित सबै ग्राहक महानुभावहरूलाई जानकारी गराइन्छ।
नाबालिग (Minor) डिम्याट खाताको हकमा:
जन्मदर्ता प्रमाणपत्रमा NIN उल्लेख भएको भए अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।
जन्मदर्ता प्रमाणपत्रमा NIN उल्लेख नभएको अवस्थामा नाबालिगको NIN वैकल्पिक हुनेछ।
संरक्षक (Guardian) को NID/NIN भने सबै अवस्थामा अनिवार्य हुनेछ।
यसैले नयाँ खाता खोल्ने तथा KYC अद्यावधिक गर्ने सम्पूर्ण ग्राहकहरूलाई आवश्यक कागजातसहित अरुण सेक्युरिटिज प्रा. लि. मा सम्पर्क गरी आवश्यक प्रक्रिया समयमै पूरा गर्नुहुन अनुरोध गरिन्छ।
– अरुण सेक्युरिटिज प्रा. लि.




Comments